२१ असार २०८१, शुक्रबार

उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश


france

२२ असार, काठमाडौं । विश्वकप फुटबलमा भर्खरै सम्पन्न खेलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्स सन २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

२००६ को विश्वकपको फाइनलमा इटालीसँग पराजित भएपछि फ्रान्स पहिलो पटक सेमिफाइनलमा पुगेको हो । फ्रान्सको जितमा राफेल भराने र एन्टोनीयो ग्रिजम्यानले गोल गरे । ४० औं मिनेटमा राफेल भरानेले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

उरुग्वेका रोड्रिगो बेन्टनकुरले फ्रान्सका कोरेन्टिन टोलिस्सोलाई फउल गरेपछि एन्टोनीयो ग्रिजम्यानले प्रहार गरेको फ्रिकिकमा भरानेले उत्कृष्ट हेड गोल गरेका हुन् । पहिलो हाफमा एक गोलले अघि रहेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल थप्यो ।

फ्रान्सका लागि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गरे। ग्रिजम्यानले प्रहार गरेको बल उरुग्वेका गोलकिपर फेर्नान्डो मुस्लेराले रोक्ने क्रममा गोल हुन पुगेको थियो । ६१ मिनेटमा २ गोलले पछि परेको उरुग्वेले त्यसपछि खेलअवधिभर कमब्याक गर्न सकेन् । खेलअवधिभर उरुग्वेलाई दबाबमा राखेपनि फ्रान्सले अन्य गोल गर्न सकेन ।

अब फ्रान्सले ब्राजिल र बेल्जियमबीचको विजेतासँग सेमिफाइनल खेल्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !