६ जेष्ठ २०८१, आइतबार

मेक्सिकोलाई २-० ले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश


brazil

१८ आसार, काठमाण्डौ । विश्वकप फुटबलमा भखरै सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलले दोश्रो हाफमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियरले गोल गरेका थिए । नेइमारले विलियम्सबाट प्राप्त क्रसलाई सिल्प गर्दै गोल गरेका हुन् । खेलको अन्तिम मिनेट चलिरहँदा ब्राजिलले दोश्रो गोल गर्दे अग्रतालाई दोब्बर पार्‍यो । दोश्रो गोल फर्मिनोले खेलको ८८ औं मिनेटमा गरेका हुन् । उनले नेइमारबाट प्राप्त पासलाई गोलमा परिणत गरेका थिए ।

मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको ब्राजिलले केहि समयपछि हुने बेल्जियम तथा जापानबीचको खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

रसियामा जारी मेक्सिको र ब्राजिलबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपछि गोल गर्न सकेका थिएनन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !