६ जेष्ठ २०८१, आइतबार

डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश


crosia

१८ असार, काठमाण्डौ । विश्वकप फुटबलमा आइतबार राती रुसको निज्नी नोभगोरोड रङ्गशालामा सम्पन्न खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो मिनेट र चौथो मिनेटमा एक अर्काविरुद्ध गोल गरेका डेनमार्क र क्रोएसियाको खेलको टुंगो भने पेनाल्टी सुटआउटबाट लागेको हो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा पनि दुवै देशले गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

खेलको पहिलो मिनेटमा डेनमार्कका म्याथिस ओर्गेन्सनले पहिलो मिनेटमै गोल गरेका थिए । त्यसको जवाफ क्रोएसियाका मारियो म्यान्डुजेको चौथो मिनेटमा नै बललाई जाली चुमाएर दिएका थिए ।

अतिरिक्त समयमा क्रोएसियाले पेनाल्टी पायो, जसलाई डेनमार्कका गोलरक्षक कास्पर सेमिचेलले उत्कृष्ट बताउ गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म धकेले । पेनाल्टी सुटआउटबाट भएको निर्णय क्रोएसियाको पक्षमा गयो । क्रोएसियाले क्वाटर फाइनलमा अब आयोजक रुससँग प्रतिस्पर्धा गर्ने भएको छ । उक्त खेल असार २३ गते हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !