६ पुस २०८१, शनिबार

एनपिएल फाइनल : सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य


एनपिएल फाइनल

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको हो ।

सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । जैबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा ११७ रनको महत्वपुर्ण साझेदारी गरे ।

विनोद ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोडे । यस्तै हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाए ।

कप्तान दीपेन्द्रसिंह ऐरी ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र जेम्स निशमले समान १ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !