२९ मंसिर २०८१, शनिबार

एनपिएल : विराटनगरले चितवनलाई ५१ रनले हरायो


विराटनगरले चितवनलाई ५१ रनले हरायो

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले चितवन राइनोजलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा विराटनगरले चितवनलाई ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

विराटनगरले चितवनलाई पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना जिवितै कायमै राखेको हो । विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो ।

चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । उनले २९ बलमा ३ चौका र २ छक्का जोडे । सन्तोष कार्कीले २५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे ।

कप्तान कुशल मल्लले २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । कुशल क्रिस सोलको बलमा प्रतिस जिशीबाट समातिए । रवि बोपारा २४ बलमा २० रन जोड्दै सुवास भन्डारीको बलमा बोल्ड आउट भए ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद रसुवास भन्डारीले समान १ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ ।

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !