२९ मंसिर २०८१, शनिबार

एनपीएल : कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो


कर्णालीले लुम्बिनीलाई ५ रनले जित्यो

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा कर्णालीले लुम्बिनीलाई ५ रनले पराजित गरेको हो ।

कर्णालीले दिएको १२९ रनको झिनो लक्ष्य पछ्याएको लुम्विनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२३ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का हिर्काए ।

सन्दीप जोराले २१ बलमा २४ रन जोडे । उनले २ छक्का प्रहार गरे । ओपनर अशुतोष घिरैयाले २१ बलमा १६ रन बनाए । उनले २ चौका प्रहार गरे । अर्का ओपनर अर्जुन साउदले ६ बलमा १३ रन जोडे । उनले ३ चौका हिर्काए ।

कप्तान रोहित पौडेल ८ बलमा १० रन बनाएर पभेलियन फर्किए । उनले २ चौका प्रहार गरे । साद बिन जाफर ११ बलमा १६ रन बनाएर रन आउट भए ।
कर्णालीका लागि जिसान मक्सुदले २ विकेट लिए । ३ ओभरमा उनले मात्र १२ रन खर्चिए ।

सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए।

त्यसअघि आज शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रनको सामान्य लक्ष्य दिएको थियो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अन्तिम ओभरमा बोसिस्टो विकास आग्रीबाट बोल्ड आउट भएका थिए ।

अर्जुन घर्ती २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाउदै रेमन सिमण्ड्सको बलमा आउट भए । ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे ।

अर्का ओपनर देव खनाल ३ रन जोड्दै साद विन जाफरको बलमा पेभिलियन फर्किए । तेस्रो नम्बरमा ब्याटिङमा आएका चालडिक वाल्टन १३ रन जोड्दै तिलकराज भन्डारीको बलमा नै आउट भए ।

गुलसन झा ८ रन जोड्दै लुम्बिनीका कप्तान गुलशन झाको बलमा विकेटकिपर अर्जुन साउदबाट क्याच भए । कप्तान सोमपाल कामी २ बलमा ७ रन बनाउँदै विकास आग्रीबाट आउट भए ।

लुम्बिनीका लागि यसै खेलबाट एनपिएल डेब्यु गरेका विकास आग्रीले अन्तिम ओभरमा ३ विकेट लिए । तिलक राज भन्डारीले २ तथा साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !