२६ मंसिर २०८१, बुधबार

एनपिएल : जनकपुरले लुम्विनीलाई एक रनले हरायो


एनपिएल : जनकपुरले लुम्विनीलाई एक रनले जित्यो

काठमाडौँ । नेपाल प्रिमिगर लिग (एनपिएल)को आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा जनकपुरले लुम्विनीलाई १ रनले पराजित गरेको हो ।

आजको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक जित हासिल गरेको हो । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिंदै अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले लुम्बिनीमाथि १ रनको रोमाञ्चक जित हात पारेको हो ।

लगातार चौथो खेलमा जित हात पार्ने क्रममा जनकपुरले आजको पहिलो खेलमा भने लुम्बिनीमाथि १ रनको रोमाञ्चक जित हात पारेको हो । यसअघि जनकपुरले विराटनगर, कर्णाली र पोखरालाई पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले जीतका लागि दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटियो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३८ बल खेल्दै तीन चौकाको सहयोगमा ३५ रन बनाए । त्यसैगरी टम मुर्सले ३१ तथा सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खेलको अन्तिम बलमा जीतका लागि दुई रन आवश्यक रहेकामा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरको जीत पक्का भएको थियो ।

जनकपुरका लागि हर्ष ठोकरले सर्वाधिक पाँच विकेट लिए भने किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रनको मध्यम योगफल तयार गरेको थियो । जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए ।

त्यस्तै लाहिरु मिलन्थाले २३ बलमा दुई चौकाको सहयोगमा २४ रन बनाए । शुभ कंसाकरले २४ बलमा अविजित २२ रन बनाए । पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै आउट भएका थिए ।

लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिषेक गौतमले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल र साद विन जाफरले समान दुई÷दुई विकेट लिए । त्यस्तै सन्दीप जोराले एक विकेट झारे ।

यससँगै लुम्बिनीको यो लगातार चौथो हार हो । यसअघि लुम्बिनी विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !