७ पुस २०८१, आइतबार

एनपीएल : सुदूरपश्चिमले लुम्विनीलाई ४५ रनले हरायो


सुदूरपश्चिमद्वारा लुम्बिनी सामु १८८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमिगर लिग (एनपिएल)को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्विनीलाई ४५ रनले पराजित गरेको हो ।

लुम्बिनी लायन्सले खराब प्रदर्शनलाई जारी राख्दा एनपिएलमा निरन्तर तेस्रो हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एनपीएलमा आफ्नो राम्रो प्रदर्शन जारी राख्दा लगातार तेस्रो जितका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सुदूरपश्चिमले दिएको १ ८८ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रनमा सिमित रह्यो । लुम्बिनीका लागि विवेक यादवले नट आउट रहँदै सर्वाधिक ७७ रन बनाए । उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।

सन्दीप जोराले २६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे । दिनेश अधिकारीले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । पहिलो दुवै खेलमा खराब बलिङ तथा ब्याटिङमा राम्रो प्रदर्शन गरेकोमा लुम्बिनीले यस खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्यो ।

सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन मक्मेलनले समान ३ तथा स्कट कुगेलेनले २ विकेट लिए ।

त्यसअघि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सैब जायबले अर्धशतीय पारी खेले । उनले ६१ बलमा पाँच छक्का र छ चौकाको मद्दतले सर्वाधिक ९० रन बनाएका हुन् । दीपेन्द्र सिंह ऐरीले ३९, ब्राण्डोन म्याक मुलेनले २३, बिनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले ११ रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त सात रन पायो ।

लुम्बिनीका लागि रामोन सिमन्ड्सले सर्वाधिक दुई विकेट लिए । यस्तै, कप्तान रोहित पौडेल र विवेक यादवले समान एक/एक विकेट हात पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !