६ कार्तिक २०८१, मंगलबार

नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो


नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो

काठमाडौँ । अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले घरेलु टोली अमेरिकालाई सुपरओभरमा हराएको छ । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि हात पारेको हो ।

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य सहजै पूरा गर्दै नेपाल विजयी बनेर नेपालले यो सिरिज जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

नेपालका कप्तान रोहित पौडेल २ र कुशल भुर्तेल एक रनमा अविजित रहे । सुपर ओभरमा नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले २ विकेट लिएर २ रन दिएका थिए ।

यसअघिको खेलमा नेपालले दिएको १७१ रनको लक्ष्य अमेरिकाले जबाफी ब्याटिङमा निर्धारित २० ओभरमा भेट्टाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !