१५ असार २०८१, शनिबार

अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा


दक्षिणअफ्रिका फाइनमा

काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ ।

ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले दक्षिणअफ्रिकालाई ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा दक्षिणअफ्रिकाले आठ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणअफ्रिकाको लागि रिजा हेन्ड्रिकसले सर्वाधिक २९ रनको योगदान दिएभने कप्तान कप्तान ऐडन मारक्रमले २३ रन बनाए ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमार्जाइले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !