११ श्रावण २०८१, शुक्रबार

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पेशी आज


सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पेशी आज तोकिएको छ । बलात्कार अभियोगमा दोषी ठहर भएका लामछानेको मुद्दाको पेसी आजका लागि तोकिएको हो ।

गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो ।

विपक्षी झिकाउन आदेश भएकै इजलासमा पेसी परेपछि हेर्न नमिल्नेमा परेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ अधिकारीले जानकारी दिएका थिए ।

त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ)को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले गौशाला २६ ले दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !