१८ बैशाख २०८१, मंगलबार

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ


दावा लामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपाध्यक्ष लामालाई आज पक्राउ गरेको हो ।

दावालाई काठमाडौंबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनी लागुऔषध खैरो हिरोइनको कारोबारमा दोषी ठहर भएर फरार थिए ।

तत्कालीन पुनरावेदन अदालत पाटन हालको उच्च अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !