८ पुस २०८१, सोमबार

हङ्कङले नेपाललाई जितका लागि दियो ११५ रनको लक्ष्य


नेपाली क्रिकेट टीम

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित १७ दशलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको योगफल बनायो । हङ्कङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्काको सहयोगमा ३४ रन बनाएका हुन् ।

त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका अभिनाश बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई÷दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । आजको खेलमा हङ्कङलाई हराउनसके नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !