२२ बैशाख २०८१, शनिबार

ट्वान्टी–२० त्रिदेशीय शृंखला : आज हङकङविरुद्ध खेल्दै नेपाल


नेपाली क्रिकेट टीम

काठमाडौं । ट्वान्टी–२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध आज खेल्दैछ । त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आज घरेलु टिमको सामना गर्ने भएको हो ।

हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

नेपालले हिजो हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । हङकङले प्रस्तुत गरेको २१३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १३९ रनमा समेटिएको हो ।

नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !