२२ बैशाख २०८१, शनिबार

टी-२० विश्वकपको तयारी गर्न सरकारले क्यानलाई दियो ५ करोड बजेट


प्रधानमन्त्री प्रचण्ड नेपाली क्रिकेट टीमसँग

काठमाडौं । सरकारले नेपाल क्रिकेट संघ (क्यान) लाई पाँच करोड रुपैयाँ दिएको छ । सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको हो ।

टी-२० विश्वकप २०२४ को तयारीका लागि सरकारले बुधबार क्यानलाई आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली क्रीकेट टीमको तयारीको लागि ५ करोड बजेट निकासा गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए ।

सदस्य–सचिव घिसिङले नेपाल क्रिकेट संघलाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्न भन्दै नेपाली टोलीलाई शुभकामना दिए । सरकारको यो साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानले स्पष्ट पारेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !