२६ बैशाख २०८१, बुधबार

नेदरल्याण्ड्समाथि नेपालको शानदार जित


रोहित पौडेल र गुलसन झा

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जितका लागि १२१ रनको चुनौती पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रनमा सिमित रह्यो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी, टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई–दुई विकेट लिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !