१२ श्रावण २०८१, शनिबार

नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन


नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

आज बुधबार कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले नामिबियाविरुद्ध आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले आजको खेलमा गुल्सन झालाई बेन्चमा राख्दै करण केसीलाई मौका दिएका छन् ।

नेपालले दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा भने नामिबिया नेदरल्यान्ड्ससँग सात विकेट पराजित भएको थियो । आजको खेलपछि नेपालले आइतबार नेदरल्यान्ड्ससँग यो शृंखलाको अन्तिम खेल खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !