९ पुस २०८१, मंगलबार

एसिसी वुमन्स प्रिमियर कप : नेपालले पायो ९४ रनको लक्ष्य


एसिसी वुमन्स प्रिमियर कप

काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य पाएको छ । नेपाललाई हङकङले उक्त लक्ष्य दिएको हो ।

मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन् । हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो ।

हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन् । उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन् ।

बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता रानामगरले एक एक विकेट लिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !