२५ बैशाख २०८१, मंगलबार

भक्तपुरमा आफ्नै घरमै मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाई


निता गोसाई

काठमाडौँ । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन् । गोसाई भक्तपुर नगरपालिका-८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुर स्रोतले बताएको हो ।

बिहे हुन एक महिना बाँकी रहँदा उनी घरमै मृत भेटिएकी हुन् । उनी आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा मृत भेटिएकी हुन् ।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए ।

गोसाईले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !