१७ असार २०८१, सोमबार

एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै


भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । सुपर फोर को खेल अन्तर्गत यी दुई आज यी देशबीचको खेल हुने भएको हो ।

यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु हुनेछ । सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ ।

यद्यपि यो खेल वर्षाले प्रभावित हुन सक्ने बताईएको छ । इएसपीएन क्रिकइन्फोका अनुसार आज कोलम्बोमा वर्षा हुने सम्भावना ९० प्रतिशत रहेको छ । सोहि कारण खेल वर्षाले प्रभावित हुन सक्ने बताईएको हो ।

यद्यपि यस खेलको लागि अर्को रिजर्भ दिन पनि रहेको छ । आज नतिजा आउँन नसके खेल भोलि हुने छ । तर भोलि पनि वर्षाको सम्भावना रहेको बताईएको छ । समुह चरणमा भएको भारत र पाकिस्तानबीचको खेल पनि वर्षाले प्रभावित भएपछि अंक बाडेका थिए ।

यस एसिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुँदैछ । समुह चरणमा भएको खेल वर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए । सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि वर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन रिजर्भ डे हुने भएको छ ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा वर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ डे हुने औपचारिक घोषणा गरको छ । जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र रिजर्भ डे को व्यवस्था गरिएको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ । त्यस्तै ५ खेलको नतिजा निस्केको छैन ।

त्यस्तै एसिया कपको इतिहासमा भने भारत र पाकिस्तान यसअघि १७ पटक आमने सामने भएका छन् । जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ । त्यस्तै २ खेल नतिजाविहिन बनेको थियो ।

सुपर फोरमा समूह ए बाट पाकिस्तान र भारत तथा समूह बी बाट श्रीलङ्का र बङ्गलादेश पुगेका थिए । एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !