८ असार २०८१, शनिबार

एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम


नेपाली राष्ट्रिय क्रिकेट टिम

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंकाबाट स्वदेश फर्किएको छ । एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्किएको हो ।

स्वदेश फर्किएको नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थक भव्य स्वागत गरेका छन् । नेपाली टोलीलाई स्वागत गर्न विमानस्थल लगिएको सशस्त्र प्रहरीको ब्याण्ड टोलीले मंगलधुन बजाएर स्वागत गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिम दिउँसो १२ः३५ मा श्रीलंकन एयलाइन्सबाट नेपाल आएको हो । एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएकाे थियाे । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !