१३ आश्विन २०८१, आइतबार

वर्षाले खेल रोकिएपछि भारतले पायो २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य


करण केसी

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको वर्षाका कारण अवरुद्ध खेल पुनः सुरु भएको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि भारतले २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको छ ।

भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १४५ रनको विजयी लक्ष्य पाएको हो । अव पावर प्ले ५ ओभरको हुनेछ भने नेपालका तीन बलरले मात्रै ५ ओभर बलिङ गर्न पाउनेछन् ।

नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको थियो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको थियो ।

भारतले ब्याटिङ गर्ने क्रममा शुभमन गिल छ बलमा तीन चौकासहित १२ रनमा क्रिजमा छन् भने रोहित शर्मा सात बलमा एक चौकासहित चार रनमा क्रिजमा रहेका छन् । यसअघि नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल करिब ४५ मिनेट रोकिएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !