७ असार २०८१, शुक्रबार

एसिया कप क्रिकेट : नेपालले पुरा गर्यो २०० रन


सोमपाल कामी

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले २०० रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ४३ दशकमलव ३ ओभरमा ओभरमा सात विकेट गुमाउदै २०० रन कटाएको हो ।

पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारत विरुद्धको खेलमा सातौ विकेट रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । खेलको ४१ दशमलव १ ओभरमा नेपालले सातौ विकेटको रुपमा ऐरीलाई गुमाउन पुग्यो । अहिले क्रिजमा सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !