७ पुस २०८१, आइतबार

एसिया कप क्रिकेट : नेपालले पुरा गर्यो १०० रन


काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २१ दशकमलव ५ ओभरमा ओभरमा चार विकेट गुमाउदै एक सय रन कटाएको हो ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा भिम सार्कीलाई गुमायो । त्यस्तै नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल आउट भए । कुशलले ३८ रन बनाए भने भिमले सात तथा रोहितले पाँच रन जोड्दै बाहिरिए ।

अहिले क्रिजमा सुरुआती व्याट्सम्यान आशिफ शेख र गुलशन झा क्रिजमा छन् । आशिफले ७६ बलमा सात चौकाको सहयोगमा ४५ रन बनाएर खेलिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !