१३ आश्विन २०८१, आइतबार

एसिया कप क्रिकेट : नेपाललाई तेस्रो झट्का


रोहित पौडेल

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले तेस्रो विकटको रुपमा रोहित पौडेललाई गुमाएको हो । पौडेलले ५ रन बनाएर आउट भए ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेलाई गुमाएको थियो । खेलको ९ दशमलव ५ ओभरमा कुशललाई शार्दुल ठाकुरले विकेटकिपर इशान किशनबाट क्याच गराएका थिए । कुशलले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए ।

यस्तै नेपालले १५.६ ओभरमा दोस्रो विकेट गुमाएको थियो । नेपालका भीम सार्की ७ रनमै आउट भए । उनी रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् ।

अहिले क्रिजमा आसिफ सेख र कुशल मल्ल छन् । आसिफ ७७ बलमा ४६ रनमा अविजित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !