१३ आश्विन २०८१, आइतबार

इङ्ल्यान्डलाई हराउँदै स्पेन बन्यो पहिलोपटक फिफा महिला विश्वकप च्याम्पियन


स्पेनी महिला फुटबल टीम

काठमाडौँ । इङ्ल्यान्डलाई हराउँदै स्पेन पहिलो पटक फिफा महिला विश्वकप च्याम्पियन बनेको छ । फाइनलमा इङ्ल्यान्डविरुद्ध १–० को जित निकाल्दै स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको हो ।

आज आइतबार अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रङ्गशालामा सम्पन्न खेलमा स्पेनलाई जित दिलाउन कप्तान ओल्गा कार्मोनाले गरेको गोल निर्णायक बन्यो ।

उनले पहिलो हाफको २९औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । उनले १८ यार्ड बक्सभित्रबाट सुन्दर ‘फर्स्ट टच’ गोल गरेकी थिइन् । उनले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् । यसपछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको हो ।

दुवै टोली पहिलोपटक फाइनलमा पुगेको हो । महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौ राष्ट्र बनेको छ । यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक पटक उपाधि जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !