१३ पुस २०८१, शनिबार

अमेरिकाले नेपाललाई दियो २०८ रनको मध्यम लक्ष्य


अमेरिकाले नेपाललाई दियो २०८ रनको मध्यम लक्ष्य

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनको योगफल बनायो ।

अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेले । उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !