१३ आश्विन २०८१, आइतबार

ओमानले नेपाललाई दियो जितका लागि २६८ रनको लक्ष्य


ओमानले नेपाललाई दियो जितका लागि २६८ रनको लक्ष्य

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै २६७ रनको योगफल बनायो ।

ओमानका लागि कप्तान जिशान मकसुदले सर्वाधिक १०६ बलमा १०९ रनको योगदान दिए भने सोयब खानले ६८ बलमा ३८ रन जोडे । साथै आयान खानले खानले ४६ बलमा ५६ रन, सन्दीप गोडीले ३१ बलमा १५ रन र नसिम खुसिले ९ बलमा १७ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए । साथै सन्दीप लामिछानेले तीन, करण केसी र प्रतिश जिसीले १/१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । विश्वकप छनोट अन्तर्गतको नेपालले पहिलो खेल आगामी असार ३ गते घरेलु टोली जिम्बाबेसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !