७ असार २०८१, शुक्रबार

नेपालगञ्ज गोल्डकप फुटबल जेठ २१ देखि हुने


old cup

१४ जेठ, बाँके । तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । शाहीले नेपालका ए डिभिजनका फुटबल टिमले समेत प्रतिस्पर्धा गर्ने बताए ।

आयोजकका अनुसार, आयोजकको तर्फबाट नेपालगन्ज–११, रुपन्देही–११, एपिएफ क्लव, सुदूरपश्चिम–११, संकटा क्लव, च्यासल फुटबल क्लव, त्रिभुवन आर्मी क्लव र भारतको पञ्जाव क्लवले सहभागिता जनाउने भएका छन् ।

‘रङ्गशालाको विकल्प खोज्ने क्रममा खजुरास्थित डिगाउँको खेलमैदान सवैभन्दा उपयुक्त देखियो,’ उनले भने। प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख नगद, ट्रफी र मेडल पाउने छ । भने दोस्रो हुने टिमले दुईलाख ५० हजार र म्यान अफ द म्याच हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !