१२ असार २०८१, बुधबार

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ हुँदै


सन्दीप लामिछाने खुशीयाली फाइल फोटो

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध आज सुनुवाइका लागि पेसी तोकिएको हो ।

नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दामा चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले आज पेशीमा राखेको हो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि आज सोमबारका लागि पेशी तोकिएको हो ।

सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिएपनि हालसम्म जिल्ला अदालतले भने अझै फैसला दिन सकेको छैन । आज न्यायाधीशले अन्य प्रमाण पेस गर्न आदेश नादिएमा अन्तिम सुनुवाइ सकिएमा आजै फैसला पनि आउन सक्ने सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !