२ मंसिर २०८१, आइतबार

सन्दीप लामिछानेविरुद्धकाे मुद्दामा आज अन्तिम सुनवाइ हुँदै


सन्दीप लामिछाने

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीले अनुरोधमा पेशी स्थगित गरिएको थियो ।

सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिएपनि हालसम्म अन्तिम सुनुवाइ भएको थिएन । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !