७ जेष्ठ २०८१, सोमबार

सन्दीप लामिछानेविरुद्ध तेस्रो पटक आज म्याद थप्ने तयारी


सन्दीप लामिछाने पक्राउ

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तेस्रो पटक आज म्याद थप्ने तयारी गरिएको छ । क्रिकेटर लामिछानेविरुद्ध प्रहरीले आज तेस्रो पटक पुनः म्याद थप्ने तयारी गरेको हो ।

सन्दीपलाई दोस्रोपटक प्रहरी हिरासतमा राख्न अदालतसँग लिइएको ५ दिनको अनुमति हिजो मंगलबार सकिएपनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिने भएको हो । म्याद थपका लागि अदालतमा बुझाउने तयारी भएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएको छ ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । जिल्ला अदालत, काठमाडौंले पक्राउ गर्न अनुमति दिएपछि गत असोज २० गते बिहीबार उनी पक्राउ परेका थिए । क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका बेला उनीबिरुद्ध उजुरी परेको थियो ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !