काठमाडौं । सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सारेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर असोज अन्तिमदेखि पोखरामा सुरु हुने भएको हो ।
युवा तथा खेलकुद मन्त्रालयका अनुसार जेठ २२ गतेदेखि २८ गतेसम्म पोखरामा तय गरिएको प्रतियोगिता अब असोज २८ गतेदेखि ३ गतेसम्म हुने भएको हो । यसअघि कोरोना महामारी र निर्वाचनले पटक-पटक सर्दै आएको प्रतियोगिता तेस्रोपटक सरेर अब असोज अन्तिमदेखि हुने भएको हो ।
खेलाडीलाई प्रयाप्त तयारीको लागि समय नपुगेको भन्दै प्रतियोगिता सार्ने खेलकुद मन्त्रालयको प्रस्तावलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।