१२ आश्विन २०८१, शनिबार

नेपालले जिम्बावे विरुद्धको खेलमा फिल्डिङ रोज्यो


नेपाल जिम्बावे खेल

काठमाडौँ । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

दुवै टोली आफनो अन्तिम खेलमा विजयी हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । एकदिवसीय सिरिज एक–एकको बराबरीमा सकिएको थियो । पहिलो खेलमा जिम्बावे ‘ए’ ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले नौ विकेटको जित हात पारेको थियो ।

त्यसअघि तीन टि ट्वान्टी सिरिज पनि भएको थियो । सो खेल एक–एकको बराबरीमा सकिएको थियो भने एक खेल वर्षाका कारण रोकिएको थियो । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !