८ बैशाख २०८१, शनिबार

मार्शेलाई २–१ ले हराउँदै पेरिस फ्रेन्च लिगको उपाधिनजिक


पेरिस सेन्ट जर्मेन

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको उपाधिनजिक पुगेको छ । नेइमार र काइलियन एमबाप्पको गोलमा पीएसजीले आइतबार राति मार्शेलाई २–१ ले हराउँदै लिगको उपाधिनजिक पुगेको हो ।

पीएसजीले घरेलु मैदानमा नेइमारको गोलबाट १२औँ मिनेटमा अग्रता लिएको थियो । नेइमारले मार्को भेराट्टीको पासमा गोल गरेका थिए । ३१औँ मिनेटमा मार्शेका डुजे कालेटा–कारले बराबरी गोल फर्काएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !