१६ आश्विन २०८१, बुधबार

विराटनगरद्वारा धनगढीसामु १२८ रनको लक्ष्य प्रस्तुत


DPL

२२ चैत, कैलाली । धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको आजको पहिलो खेलमा विराटनगर किङ्सले टिम चौराह धनगढीसामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला व्याटिङ गरेको विराटनगर किङ्सलले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रन बनायो ।

विराटनगरका लागि सर्वाधिक स्कोर पवन सर्राफले जोडे । पवनले ३४ बलमा १ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाए । त्यस्तै अनिल कुमार शाहले १९ बलमा २४, सुब्हम कामतले ११ बलमा १८ र बाबर हयातले ८ बलमा १५ रन बनाए ।

धनगढीका लागि सुनिल धमलाले ४, रोहन मुस्तफा र सोमपाल कामीले २–२ तथा ललित भण्डारी, र सम्शेद शेखले एक–एक विकेट लिए। विराटनगर किङ्सको कप्तानमा पारस खड्का र टिम चौराह धनगढीको कप्तान सोमपाल कामी हुन् ।

आजै हुने दोस्रो खेलमा दिउँसो १ः१५ मा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड आमनेसामने हुँदैछन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !