८ पुस २०८१, सोमबार

कमनवेल्थ गेम आजवाट सुरु


commonwealth

एजेन्सी, २१ चैत । अष्ट्रेलियामा बुधबारवाट कमनवेल्थ गेम सुरु हुने भएको छ । अष्ट्रेलियाको करारा रंगशालामा स्थानीय समय अनुसार १० बजे औपचारिक रुपमा उद्घाटन हुनेछ ।

१९ खेलका लागि ७१ देशका चार हजार ५०० भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता आगामी अप्रिल १५ सम्म सञ्चालन हुनेछ ।

१२ दिनसम्म सञ्चाल हुने प्रतियोतिमा ७१ देशका खेलाडीले २७५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितमा एथलेटिक्स, ब्याडमिन्टन, बाँस्केटबल, बउल, बक्सिङ, साइक्लिङ, ड्राइभिङ, जिमन्यास्टिक, हकी, नेटबल, रक्बी, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, ट्राइथलन, भलिबल, वेटलिफ्टिङ र रेस्लिङ रहेका छन् ।

बुधबार पहिलो स्वर्ण पदकका लागि ट्राइथलनको खेल हुनेछ । सन् १९११ बाट सुरु भएको प्रतियोगिताको पहिलो आयोजक बेलायत रहेको थियो भने अघिल्लो खेलको आयोजना स्कटल्याण्डले २०१४ मा गरेको थियो ।

प्रत्येक चार वर्षमा हुने प्रतियोगिता आगामी २०२२ मा बेलायतले नै सञ्चालन गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !