८ पुस २०८१, सोमबार

४९२ रनले दक्षिण अफ्रिका विजय


dakshin

एजेन्सी, २० चैत । अष्ट्रेलियाविरुद्धको अन्तिम टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले ४ सय ९२ रनले विजयी भएको छ । ६ सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले कमजोर ब्याटिङ गर्दा खेल हार्न पुग्यो ।

३ विकेटको क्षगिमा बनाएको ८८ रनवाट पाँचौं दिनको खेल थालेको अष्ट्रेलिया थप ३१ रन जोड्दा अलआउट भयो । जोए बन्र्सले ४२ र पिटर हृयाण्डकोम्बले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् । दक्षिण अफ्रिकाका भेर्नान फिलिन्डर एक्लैले ६ विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकाले ३ सय ४४ रन बनाएर पारी समाप्तीको घोषणा गरेपछि अष्टे्रलियाले ६ सय १२ रनको लक्ष्य पाएको थियो । पहिलो इनिङमा दक्षिण अफ्रिकाले सबै विकेट गुमाएर ४ सय ८८ रन बनाउँदा अष्ट्रेलियाले पहिलो इनिङमा २ सय २१ रन जोडेको थियो । यो जितसँगै चार टेष्टको श्रृंखला दक्षिण अफ्रिकाले ३-१ ले जितेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !