११ पुस २०८१, बिहीबार

नेपाल र नेदरल्याण्डले लर्ड्समा त्रिकोणत्मक टी–२० खेल्ने


England Versus West Indies

१२ चैत, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लर्डस क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मेर्लेबर्न क्रिकेट क्लब (एमसिसी) सम्मिलत ट्वान्टि ट्वान्टि त्रिकोणात्मक श्रृङखला खेल्ने भएको छ ।

एमसिसीले आज एक प्रेश विज्ञप्ति मार्फत लर्डसमा नेपाल, एमसिसी र नेदरल्यान्ड्स सम्मिलित ट्वान्टि ट्वान्टि त्रिकोणात्मक श्रृङखला खेलाउने जानकारी दिएको हो ।

जुलाई २९ मा आयोजना हुने उक्त खेलमा सबै टोलीले एक अर्कासँग एक एक खेल खेल्ने छ र उत्कृष्ट दुई टोलीले उपाधिका लागि भिडन्त गर्नेछन् । त्रिकोणत्मक श्रृङखलाको पहिलो खेल बिहान १० बजे शुरु हुनेछ भने फाइनल खेल साँझको ४स्३० मा शुरु हुनेछ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले लर्डमा खेल्न पाउने खबरले निकै उत्साहित भएको जनाए ।

“होम अफ क्रिकेट भनेर चिनिने लर्डसमा फेरी एकपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने कुराले निकै नै खुशी बनाएको छ । लर्डसमा खेल्नु सधैं विशेष हुन्छ, यस खेलको पर्खाइ रहने छ,” कप्तान खड्काले बताए ।

“नेदरल्यान्ड्स र एमसिसी बिरुद्ध हुने उक्त श्रृङखला सफल पार्न र नेपाली क्रिकेट टोलीलाई हौसला प्रदान गर्न म सबै क्रिकेट प्रेमी तथा नेपालीहरुलाई अनुरोध गर्दछु ।”

त्यस्तै कप्तान खड्काले एमसिसी र एमसिसीका क्रिकेट प्रमुख जोन स्टेफेनसनलाई नेपाली क्रिकेट र एसोसियट्सलाई प्राथमिकता दिएकोमा विशेष धन्यवाद दिए ।एमसिसीको टोलीले विभिन्न समयमा नेपाल भ्रमण गर्दै आएको छ ।

त्यस्तै एमसिसीका क्रिकेट प्रमुख जोन स्टेफेनसनले नेपाल र नेदरल्यान्ड्सलाई लर्डसमा स्वागत गर्न पाउँदा निकै गौरवान्दित भएको जनाए । उनले यस प्रतियोगितामा एमसिसीको तर्फबाट खेल्नलाई केही ठुला र नाम चलेका खेलाडीहरु खेलाउन प्रयासरत रहेको बताए ।

त्यस्तै नेदरल्यान्ड्सका प्रमुख प्रशिक्षक रायन क्याम्पबेलले लर्डसमा कुनै पनि समय एउटा खेलाडीले खेल्न पाउनु भनेको निकै न खुशीको र जिवनभर सम्झन लायक क्षण भएको बताए ।

नेपालले यस अघि सन् २०१६ को जुलाई १९ मा लर्डसमा पहिलो खेल खेलेको थियो । एमसिसी बिरुद्धको खेलमा नेपालले ४१ रनको जित हात पारेको थियो । नेदरल्यान्ड्ले भने लर्डसमा सन् २०१२ मा ४० ओभरको प्रतियोगिता खेलेको थियो । क्रिकेटिं नेपालबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !