१७ असार २०८१, सोमबार

कप्तान स्मिथलाई हटाउन अष्ट्रेलियाली प्रधानमन्त्रीको आदेश


Steve_Smith_getty

एजेन्सी, १२ चैत । अष्ट्रेलियाका प्रधानमन्त्री मल्कोल्म टर्नबुलले वर्तमान कप्तान स्टिभ स्मिथलाई कप्तानको पदवाट हटाउन आदेश दिएकाे छ ।

अष्ट्रेलिया र दक्षिण अफ्रिकावीच जारी न्युल्याण्डस् टेस्टमा बल टेम्परिंग गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अष्ट्रेलियन कप्तान स्मिथलाई खेलको भावनाविपरीत काम गरेको भन्दै एउटा टेस्ट खेल्न प्रतिबन्ध लगाएको छ ।

यस्तै मैदानमा बल टेम्परिंग गरेको अारोपमा रंगेहात पक्राउ परेका अष्ट्रेलियन क्रिकेटर तथा ओपनिंग ब्याट्सम्यान क्यामरुन ब्यानक्रफ्टलाई भने आईसीसीले ३ डिमेरिट प्वाइन्ट दिएको छ ।

यस्तै स्मिथलाई म्याच फिको शतप्रतिशत जरिवाना लगाएको छ भने ब्यानक्रफ्टलाई म्याच फिको ७५ प्रतिशत जरिवाना लगाएको छ ।

आईसीसीको निर्णय आउनु अघि नै जारी टेस्टवाटै कप्तान स्मिथ र उपकप्तान स्मिथले क्रमशः कप्तान र उपकप्तान पदवाट राजीनामा दिइसकेका छन् । अस्ट्रेलियन विकेटकिपर ब्याट्सम्यान टिम पेन टेस्टको बचेको २ दिन कप्तान बन्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !