७ पुस २०८१, आइतबार

हङकङद्वारा नेपालसामु १५४ रनको लक्ष्य प्रस्तुत


Nepal Hongkong

२८ फागुन, काठमाण्डौ । जिम्बाव्बेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले १५४ रनको विजय लक्ष्य पाएको छ ।

टस जितेर व्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ बनायो ।

हङकङका लागि निजाकत खानले ४७ रन बनाए। ८४ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरेका उनलाई ललित राजवंशीको बलमा पारस खड्काले क्याच आउट गरे। इसान खान २१, बाबर हयात २०, इसान नवाज १३, तनवीर अफल १०, क्रिस्टोफर कार्टरले ९ रन बनाए ।

नेपालका सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए। करण केसी र बसन्त रेग्मीले समान २ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !