२४ फागुन, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले जिम्बाव्बेमा जारी विश्वकप छनोट अन्तरगतको स्कटल्याण्डविरुद्धको खेलमा ६३ रन बनाएर अाउट भए । उनी ७५ बलमा ९ चाैकासहित ६३ रन बनाएर अाउट भए ।
नेपाली कप्तान पारस खड्काले आफ्नो नेपाली क्रिकेट इतिहासमा भने एक हजार रन बनाउने खेलाडीको नाम लेखाएका छन् । उनी एक हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी पनि बनेका छन् । ३० खेल खेल्दै पारसले १०५४ रन बनाएका छन् ।
यतिबेला क्रिजमा बसन्त रेग्मी र सन्दिप लामिछाने संघर्षरत छन् । ८ विकेट गुमाएको नेपालको ताजा स्कोर १२६ रन पुगेको छ ।