१० पुस २०८१, बुधबार

सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्दै


Sandeep Lamichhane. Photo: Udipt Singh Chhetry/THT

१८ फागुन, काठमाण्डाै । नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा छानिएका छन् ।
इंग्ल्याण्डमा भएको सीपीएलको ड्राफ्टमा सन्दिपलाई सेन्ट किट्स प्याट्रिएट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको हो ।

क्यारेबियन प्रिमियर लिग खेल्ने सन्दिप पहिलो नेपाली खेलाडी भएका छन्। इन्डियन प्रिमियर लिग आईपीएल टिम दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो ।

सन्दिपको टिम सेन्ट किट्स प्याट्रिएट्समा क्रिस गेल पनि खेल्ने छन् जसलाई ड्राफ्टमा टिमले सर्वाधिक मुल्य १ लाख ६० हजार डलरमा खरिद गरेको हो । यस्तै एभिन लुइस, कार्लोस ब्राथवेट, बेन कटिंग जस्ता खेलाडीहरु सन्दिपको टिममा छन् ।

हालै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन र आईपीएलमा छनौट भएका कारण क्यारेबियन प्रिमियर लिगमा सन्दिपको छनौट हुने सम्भावना ज्यादा मानिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा रिस्ट स्पिनरहरुको बढ्दो माग सन्दिप छनौट हुने कारण हो ।

सिपिएल आगामी ८ अगस्टदेखि १६ सेप्टेम्बरसम्म हुनेछ । सिपिएलमा ६ टिम सहभागी हुनेछन् । जसमा बार्बाडोस ट्रिडेन्ट्स, गुयना अमाजोन वारियर्स, जमैका तालावाहस, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया र ट्रिन्बागो नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !