७ पुस २०८१, आइतबार

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी


त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी

काठमाडौँ । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजय भएको छ । राजधानी काठमाडौँको दशरथ रंगशालामा आज सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । ३७ वर्षपछि नेपालले घरेलु मैदानमा उपाधि जितेको हो ।

नेपालको तर्फबाट १८ औं मिनेटमा सञ्जोग राईले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि नेपालको तर्फवाट बिशाल राईले ४२ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

दोस्रो हाफमा ८१ औं मिनेटमा बंगलादेशको तर्फवाट सब्स्टिच्युट खेलाडी महबुबुर रहमानले पनि नेपालबिरुद्ध १ गोल गरेका थिए । आज भएको खेलमा बंगलादेशविरूद्ध अत्यन्तै आक्रमक रहेको नेपालले पहिलो हाफमै २-० को अग्रता लिएको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीले १९८४ पछि दशरथ रंगशालमा पहिलो उपाधि त्रिदेशीय फुटबल प्रतियोगिता जितेको हो । प्रतियोगिताको च्याम्पियन नेपालले ५००० अमेरिकी डलर तथा उपविजेता बंगलादेशले ३००० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !