९ पुस २०८१, मंगलबार

विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल र ओमान भिड्दै


nepal kriket

२६ माघ, काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत शुक्रबार नेपाल ओमनविरुद्ध भिड्दै छ । डिभिजन–३ बाट बढुवा हुँदै डिभिजन-२ मा उक्लिएको ओमान र डिभिजन–१ वाट घटुवा हुँदै डिभिजन-२ खेल्न पुगेको नेपालबीच शुक्रबार विन्डहोकस्थित आफिस पार्कमा हुने खेल दुवै टिमका लागि अघिल्लो चरण प्रवेश गर्न जित्नै पर्ने दबाब छ। नेपालका लागि शुक्रबारपनि सहज छैन् ।

बिहिबार नामिविया विरुद्ध कमजोर ब्याटिङ ओमान विरुद्ध दोहोरिए फेरीपनि नेपाल संकटमा पर्ने निश्चित छ । त्यसैले आफ्नो पहिलो खेलमा पराजित भएको ओमान र संघर्षपुर्ण जित निकालेको नेपाल विच अपरान्ह हुने खेल कस्को पक्षमा जान्छ भन्ने अनिश्चित छ फेरीपनि ब्याटिङमा केहि सुधार गरे ओमान विरुद्ध नेपाल सहज रुपमा हावि हुने छ । बलरहरूको उत्कृष्ट प्रदर्शनपछि १३८ रनमा नै समेटिएको नामिबियालाई नेपालले सहजरुपमा पाखा लगाउँछ भन्ने अनुमान गरिएकाे थियो । तर, अवस्था त्यस्तो रहेन ।

हार नजिक पुगेको नेपाललाई वसन्त रेग्मीले अन्तिम समयमा उद्धार गर्दै १ विकेटको रोमाञ्चक जित दिलाए । तर, अन्तिम अवस्थामा बलरले धानेको नेपाललाई फेरि पनि बलरकै भरपर्नु पर्ने अवस्था आएमा पक्कै पनि सहज हुन्न । त्यसैले पहिलो खेलमा खच्चकिएको ब्याटिङ लाइनअप सुधार्न नेपाली टिमलाई अत्यावश्यक छ । बिहीबार नेपाली ब्याट्सम्यानले टिकेर खेल्ने रणनीति लिए । परिणामत: खेलाडीहरूले बढी बल खेले पनि रन पर्याप्त नबनाउँदा आफै दबाबमा पर्न पुगे । जसले गर्दा ब्याट्सम्यानहरू बढी बल खेल्दै कम रनको स्कोरमा नै आउट भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !