९ पुस २०८१, मंगलबार

‘सेभेन ए साइड’ को फाइनलमा नेपाल र बंगलादेश


sports

२ माघ, कास्की । पोखरामा जारी १२ औँ संस्करणको दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश फाइनल प्रवेश गरेका छन् । मंगलबार पोखराको लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा पाकिस्तानलाई ४-१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

बंगलादेशले भुटानलाई ट्राई ब्रेकरमा ३-२ गोलले पाखा लगायो । नेपालका लागि विनोद गुरुङले ह्याट्रिक पूरा गरे । म्यान अफ द म्याचबाट पुरस्कृत गुरुङले १५, ४१ र ४३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

एक गोल भने सुनिल विकको नाममा रह्यो । सुशील लामा मैदानबाट बाहिरिएपछि उनका स्थानमा प्रवेश गरेकाका विकले ३३ औँ मिनेटमा गोल गरेका थिए । उनले मैदानमा प्रवेश गरेको ३ मिनेटमै गाेल गरे। पाकिस्तानका लागि रसिद अहरामले २० औँ मिनेटमा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !