२ माघ, म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी केही कम गरेको छ । सोमबार भएको खेलमा युनाइटेडले स्टोक सिटीलाई ३–० ले पराजित गर्दै सिटीसँगको अंक दुरी १२ अंकमा झारेको हो ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा फ्रान्सका डिफेन्डरद्वय एन्टोनियो भ्यालेन्सिया र एन्थोनी मार्सेलले पहिलो हाफमा १–१ गोल गर्दा अर्को एक गोल स्ट्राइकर रोमेलु लुकाकुले दोस्रो हाफमा गरे ।
पहिलो हाफको ३८ औं मिनेटमा पोग्बाले नै सिर्जना गरेको अवसरलाई सदुपयोग गर्दै गोलपोस्टको करिब २० यार्ड नजिकबाट मार्सेलले टोलीका लागि अर्को गोल थपे । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६२ अंक रहेको छ। त्यस्तै, लिभरपुल र चेल्सीको समान ४७ अंक भएको छ ।