७ पुस २०८१, आइतबार

कोहलीको चौतर्फी आलोचना हुदै


birat kohaliko

एजेन्सी ३० पुस, टेस्टमा भारतीय टिमको ‘प्लेइङ इलेभन’लाई लिएर दक्षिण अफ्रिकाविरुद्ध दोस्रो भारतीय कप्तान विराट कोहलीको अहिले चौतर्फी ओलोचना भइरहेको छ । टेस्टमा ६ विकेट लिएका भुवनेश्वर कुमारलाई टिमबाहिर राखिनु मुख्य रहँदा उपकप्तान आजिंक्य रहाणेलाई पनि टिममा स्थान नदिनु कोहली आलोचनाको मुख्य कारणका रूपमा रहेको छ ।

उत्कृष्ट फर्ममा रहेका बलर भुवनेश्वरलाई टिम बाहिर राखेसँगै कप्तान कोहलीको खुलेर आलोचना गरिएको छ । भुवनेश्वर कुमारको स्थानमा कोहलीले इशान्त शर्मालाई टिममा स्थान दिएका छन् ।

कोहलीको यो निर्णयलाई धेरैले आश्चर्यका रूपमा हेरेका छन् समर्थकले मात्र होइन क्रिकेट पण्डीतहरूले पनि कोहलीले निकै खराब र कच्चा निर्णय गरेको जनाएका छन् ।

दक्षिण अफ्रिकामा भारतीय ब्याटसम्यान अजिंक्य रहाणेको राम्रो रेकर्ड रहेको छ । भारतीय क्रिकेट इतिहासमा उपकप्तान लगातार दुई खेलमा फर्मममा हुँदाहुँदै नखेलेको यो पहिलो घटना हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !