८ पुस २०८१, सोमबार

भैरहवा ग्लाडिएटर्स १३३ रन लक्ष्यका साथ मैदानमा


एभरेष्ट प्रिमियर लिग

१३ पुस, काठमाडौँ l कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ११ बजेवाट सुरु एरेभष्ट प्रिमियर लिग (इपीएल) को फाइनल प्रवेशका लागि आज भइरहेको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धामा भइरहेछ । टस जितेर भैरहवा ग्लाडिएटर्स ब्यटिंगको लागि ललितपुर प्याट्रिओट्सलाई आमन्त्रण गरेको थियो ।

पहिलो इन्निन्ग्सको समाप्तिमा ललितपुर प्याट्रिओट्सले ६ विकेटको क्षेतिमा २० ओभरको समाप्तिमा १३२ रनबनाएको छ । ललितपुरले पोखरा राइनोजललाई एलिमिनेटरमा २७ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाएको हो।

त्यस्तै १३३ लक्षलाई पार गर्न भैरहवा ग्लाडिएटर्स मैदानमा आउने तयारीमा छ ।हिजो भएको खेलमा भैरहवा पहिलो क्वालिफायरमा विराटनगर वारियर्ससँग ८ विकेटले पराजित भएको थियो। आजको खेलमा भैरहवा ग्लाडिएटर्सले यो लक्ष पुरा गरेमा विराटनगर वारियर्ससँग फाइनलको लागि भिडन्त गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !