१२ आश्विन २०८१, शनिबार

भारतको श्रीलंकाविरुद्धको पहिलो टि-ट्वान्टी क्रिकेटमा सहज जित


टि-ट्वान्टी क्रिकेट

६ पुस, २०७४ l भारतले श्रीलंकाविरुद्धको पहिलो टि-ट्वान्टी क्रिकेटमा सहज जित हात पारेको छ। बुधबार राति बरबती स्टेडियममा भएको पहिलो टि-२० मा भारतले श्रीलंकालाई ९३ रनले हराएको हो। ट्वेन्टी–ट्वेन्टी क्रिकेटको इतिहासमा रनको हिसाबले यो भारतको अहिलेसम्मकै फराकिलो जित हो । यसअघि सन् २०१२ मा कोलम्बोमा भएको खेलमा इंल्याण्डलाई ९० रनले हराएको थियो।

पहिले ब्याटिङ गर्दै भारतले दिएको १८१ रनको लक्ष्य पछ्याएको श्रीलंका १६ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटियो। श्रीलंकाका लागि उपुल थरंगाले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। कुसल परेराले १९, निरोशन डिक्वेलाले १३ तथा दुस्मान्था चामिराले १२ रन जोडे।
भारतका लागि यजुभेन्द्र चाहलले ४ विकेट लिए भने हार्दिक पाण्डयले ३ तथा कुलदिप यादवले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो। भारतको लागि लोकेश राहुलले सर्वाधिक ६१ रन बनाए।त्यस्तै महेन्द्र सिहं धोनी ३९ रनमा अविजित रहँदा हार्दिक पाण्ड्या ३२ रनमा अविजित रहे। त्यस्तै मनिश पाण्डेले ३२ र श्रेयस नायरले २४ रनको योगदान गरे।

श्रीलंकाका एन्जेलो म्याथ्युज, थिसरा परेरा र नुवान प्रदिपले समान एक एक विकेट लिए।यो जितसँगै भारतले श्रीलंकाविरुद्धको तीन खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ।
दोस्रो खेल शुक्रबार हुनेछ। यसअघि एक दिवसीय सिरिज भारतले २-१ ले जितेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !